काठमाडौं उपत्यकामा १३८ सहित, बुधबार ४८४ जना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति ~  काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणको नतिजा बमोजिम काठमाडौं उपत्यकामा १३८ जना नयाँ सङ्क्रमित थपिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडौं उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडौंका दश जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा काठमाडौंका २९ जना र भक्तपुरका एकमा सङ्क्रमित फेला परेका छन् ।

कोरोना भाइरसका कारणले  ४८४ सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ४३२  पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । पछिल्लो २४ घण्टामा दश हजार ४८१ पीसीआर परीक्षण गरिएकाे थियाे ।

नेपालमा सक्रिय सङ्क्रमित सातहजार ६१३ रहेका छन् । नेपालमा चौबीस घण्टामा ६४ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त हुनेको सङ्ख्या १६ हजार ७२८ पुगेको छ । कोरोना मुक्त प्रतिशत ६८.४ रहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्