पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसका कारण बिहीबार थप ५२५ सङ्क्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हो ।
योसँगै कुल सङ्क्रमित २४ हजार ९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नौहजार ८५९ जनाको पीसीआर परीक्षणमा सो सङ्ख्या थपिएको हो ।
सक्रिय सङ्क्रमित आठहजार २५ जना रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ र होम क्वारेन्टिनमा ४६६ जना रहेका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएर उपचारमा रहेका जिल्लाहरू चार वटा रहेका छन् । काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् ।
त्यसैगरी, शून्य सङ्क्रमित हुने छ वटा जिल्लाहरू रहेका छन् । सङ्खुवासभा, सोलुखम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।
यस्तै, बिहीबार एकसय नौजना उपचारपछि घर फर्केका छन् । यसरी अस्पतालबाट उपचारपछि डिस्चार्ज हुनेको सङ्ख्या १६ हजार ८३७ पुगेको छ । सङ्क्रमित भएर मृत्यु हुने ९५ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्