रुस कोरोना भ्याक्सिन विकास गरी दर्ता गर्ने पहिलो मुलुक

Machchapuchchre

अर्थ राजनीति ~ रुस कोरोना भ्याक्सिनको विकास गर्ने पहिलो मुलुक बनेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभरमा पहिलो भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता समेत भएको जानकारी दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार पुटिनले आज उच्च अधिकारीहरुसँगको बैठकमा रुस कोरोना भ्याक्सिन विकास गरी प्रयोगका लागि दर्ता गर्ने पहिलो मुलुक भएको बताएका हुन् ।

अब भ्याक्सिन सर्वप्रथम कोरोनाविरुद्धको अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मी, सेना, शिक्षकलगायतमा शुरुमा प्रयोग गरिने पुटिनले बताएका छन् ।

मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएसँगै यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन भएको छ । रुसले रक्षा मन्त्रालयसँगको सहकार्यमा गामलियाको भ्याक्सिन परीक्षणमा सफल भएको दाबी गरेको थियो । तीन चरणको परीक्षणपछि भ्याक्सिनलाई अनुमोदनका लागि पठाइएको थियो । आगामी महिना रुसी जनतामा भ्याक्सिनको प्रयोग हुनेछ । रुसले आफ्ना जनताका लागि अक्टोबरमा भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्