काठमाडौं उपत्यकामा ४४ सहित ३३८ जना कोरोना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना भाइरसका ३३८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा पछिल्लो चौबीस घण्टामा १४०  जना कोरोना मुक्त भएर घर फर्केका छन् । हालसम्म १६ हजार ४९३ जना कोरोनामुक्त भएका छन् । क्वारेन्टिनमा १० हजार ६५९ जना रहेका छन् । भाइरस लागेर डिस्चार्ज हुनेको प्रतिशत ७०.७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । ।

सक्रिय सङ्क्रमितको सङ्ख्या छहजार ७३८ रहेको छ । रेड जाेनमा थप एकजना बारा जिल्लाका परेकाे छ । कुल रेड जाेनमा ५५४ जना रहेका छन् । स्वःमूल्याकंन गरेका ६२ हजार २२५ रहेका छन् ।

काठमाडौं उपत्यकामा सोमबार ४४ जना सङ्क्रमित थपिएका छन् । उपत्यका सबैभन्दा बढी काठमाडांै जिल्लामा सङ्क्रमित भएका छन् । काठमाडौंमा ३६, ललितपुर र भक्तपुरमा चार चारजना सङ्क्रमित थपिएका छन् ।

यस्तै, साेमबार नेपालमा मृत्यु संख्या ७९ पुगेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्