नेकपाको ६१ सांसदहरुद्वारा पार्टी एकताको लागि अपिल

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर गरी नेतृत्वलाई नैतिक दबाब दिने प्रयास गरेका छन् । दुई अध्यक्षबीचको तिक्तता र मतभेदका कारण पार्टी नै फुटको अवस्थामा पुगेको भन्दै सङ्घीय संसदका सांसदहरूले आइतबार हस्ताक्षर अभियान चलाएका हुन् ।
दाङबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधिसभाका सांसद मेटमणि चौधरीले नेतृत्वलाई पार्टी एकताको पक्षमा दबाब दिन सांसदहरूले हस्ताक्षर अभियान सञ्चालन गरिरहेको बताउनुभयो । पार्टी फुटको पक्षमा कोही सांसद नरहेको बताउँदै उहाँले अभियानलाई जारी राखिने जानकारी दिनुभयो ।
हस्ताक्षर गर्नेमा तीन वटै समूहका नेकपाका सांसदहरू हुनुहुन्छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले संयुक्तरुपमा पार्टी एकताको पक्षमा हस्ताक्षर गरेको बताएका छन् ।
हस्ताक्षर गर्ने सांसदमा अमनलाल मोदी थारु, आशाकुमारी विक, इन्दुकुमारी शर्मा, कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केदार सिग्देल, गङ्गाबहादुर तामाङ, गणेशकुमार पहाडी, गोमा देवकोटा, गौरीशङ्कर चौधरी, मेटमणि चौधरी, नारदमुनी राना, विजय सुब्बा, रामकुमारी झाँक्री, झपटबहादुर रावल, जीवनराम श्रेष्ठ, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, दीपकप्रकाश भट्टलगायत हुनुहुन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्