गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन- भारतको विदेश मन्त्रालय

Machchapuchchre

अर्थ राजनीति ~  भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो । भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो ।
साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । “ बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,” मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्