कोरोनाभाइरसका १३० नयाँ सङ्क्रमित पुष्टि, कुल १८ हजार ६१३

Machchapuchchre

अर्थ राजनीति ~    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । आइतबारको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १३० संक्रमित थपिएको जानकारी दिएका हुन् ।
देशभरी १८ हजार ६१३ जना कोरोना संक्रमित पुगेका छन् । उनका अनुसार २४ घन्टामा ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म १३ हजार १२८ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

त्यस्तै ५ हजार ४४० जना सक्रिय संक्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९०३ रहेका छन् । गएको २४ घन्टामा ३ हजार ३०० जनाको स्वाब परीक्षण गरिएको थियो ।

जिल्लागत नयाँ संक्रमितको विवरण

दैलेख २५
काठमाडौं ८
झापा १
मोरङ ३
इलाम ८
सिरहा १
सुनसरी २
उदयपुर १
तेह्रथुम १
मोरङ २३
धनकुटा १
महोत्तरी २
पर्सा ४
दाङ १
नुवाकोट १
सोलुखुम्बु २
नवलपरासी पूर्व २
मकवानपुर १
रौतहट १
बारा १
कास्की ३
गोरखा २
रुपन्देही १
अर्घाखाँची १
बाँके २
बर्दिया ६
जुम्ला १
रोल्पा ३
सुर्खेत ३
अछाम १४
बाजुरा ३
कञ्‍चपुर ३

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्