रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो

Machchapuchchre

अर्थ राजनीति ~  पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले गरेको पुनरावलोकन निवेदनको सुनुवाईका लागि तीन न्यायाधीशको बेन्च तोकिएको छ ।
याे मुद्दा न्यायाधीशहरू वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको बेन्चमा परेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताउनुभयो । याे बेन्चले उक्त मुद्दामा प्रमाणहरूकाे अध्ययन गरी पुनरावलाेकन हुने-नहुने निस्सा दिने छ । पुनारावलाेकन हुने भएमा मात्र मुद्दा अगाडि बढ्छ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालाको मुद्दाको पुनरावेदन अदालतले गरेको सर्वस्वसहित जन्मकैदको सजाय कटौती गर्ने फैसला गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्