थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको भेला

Machchapuchchre

अर्थ राजनीतित ~ सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा थप रणनीति बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु भेला भएका छन् । ललितपुरको झम्सिखेलमा रहेको अगेनो रेष्टुरेन्टमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका हुन् ।

भेलामा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि सहभागिता रहेको स्रोतको दाबी छ । गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनीहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग जोडदार रुपमा अघि सारेका छन् ।

कतिसम्म भने स्थायी कमिटीको बैठकमा पूर्व माओवादी खेमाका सदस्यहरुभन्दापनि पूर्व एमालेकै नेताहरुले ओलीको आलोचना गरेका छन् । ओलीबाट अब सरकार र पाटी दुवै चल्न नसक्ने अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलानाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको निश्कर्ष छ ।

दाहाल-नेपाल समूहको भेलामा गृहमन्त्री थापापनि सहभागी भएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि सचिवालय बैठकमा ओलीलाई साथ दिँदै आएका बादलले यो पटक दाहाललाई साथ दिने बुझिएको छ । नेकपाको स्थायी कमिटी बैठक बिहिबार विहान ११ बजे बस्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्