कोभिडका कारण बैंकिंग छेत्रको करिब ३/४ अर्ब नाफा घट्ने देखिन्छ: गोबिन्द गुरुङ (भिडियो)

Machchapuchchre

अर्थ राजनीति ~ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले कोभिडका कारण हिजो आज हरेक दिन नया/नया चुनौती र समस्याको समाधान खोज्नु पर्ने भएकाले बैंकर्स हरु अझ ब्यस्त रहेको बताउनु भएको छ । सम्पूर्ण दृस्टीकोण बाट सिभिल बैंक राम्रो अबस्थामा रहेको र आकारमा सिभिल बैंक सानो भएपनि सवल रहेको जिकिर गर्नु भएको छ ।  वित्तीय विवरणमा संकुचन आएको बताउदै बैंकिंग छेत्रमा करिब ३/४ अर्बको नोक्सानी हुने बताउनु भएको छ ׀ साथै सिभिल बैंकले अहिले सेवाग्राहीलाइ प्रदान गरिरहेको सेवाका बारेमा समेत जानकारी गराउनु भएको छ त्यस्तै कर्मचारी हरुको स्वास्थका बारेमा आफु हरतरहले सचेत रहेको र यस भाइरस संग लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भएको छ । निक्ष‍ेप कर्ता र ऋणीहरुको आबस्यकता लाइ अध्ययन गरि मध्यस्त बिन्दु खोज्नु पर्ने कुरा औल्याउनु भएको छ ।

त्यस्तै आफु निम्न मध्यम बर्गीय परिवारमा जन्मिएको र बाल्यकालमा पढ्नका निमित्त धेरै संघर्स गरेको समेत बताउनु भएको छ ।  नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्