नेविसंघ सरकारविरुद्ध सडकमा

Machchapuchchre

अर्थ राजनीति ~ नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले आइतबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कोरोना नियन्त्रणका लागि भएको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने, अस्पताल र क्वारेन्टाइनहरुको सुविधा विस्तार गर्नुपर्ने माग राख्दै नेविसंघले प्रदर्शन गरेको हो । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने, आरडीटी परीक्षण बन्द गरी पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने मागसहित प्रदर्शन गरिएको नेविसंघ अध्यक्ष राजीव ढुंगानाले बताए । जनता मरेपछि पीसीआर परीक्षण हुने प्रवृत्तिको अन्त्य गर्दै रुकुम घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग उनले राखे ।

 

नेविसंघ महामन्त्री मनोज वैद्यले जनताको मत लिएर जनता अफ्ठ्यारोमा परेका बेला सहयोग गर्न नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए ।

बिजुली बजारबाट नाराबाजी गर्दै ठूलो संख्यामा विद्यार्थीहरू बानेश्वर पुगेका थिए । ‘हेलो प्रधानमन्त्रीज्यू अब त उठ्नुस्, भाषण होइन रासन दिनुस्, सरकार १० अर्बको हिसाब खोई ?, लाठी खान तयार छौँ साथी, हामी बुझ्छौँ तिमीलाई जवाफ दिनुपर्छ माथि, निद्रा तिमीलाई पनि पटक्कै नलाग्दो हो सुत्न खोज्दा राति’ नारा लेखिएका प्लेकार्डहरू प्रदर्शनकारीहरूले बोकेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्