थप ४५१ जना सङ्क्रमित, कुल सङ्क्रमित ६२११ पुग्याे, १०४१ जना निको भएर घर फर्किए

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा थप ४५१  जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी दिनुभएको हो ।

पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्