सरिता गिरीको सांसद पद खोसिदै, पार्टीको साधारण सदस्यसमेत नरहने

Machchapuchchre

अर्थ राजनीति ~ सांसद सरिता गिरीलाई समाजवादी पार्टीले सांसद र पार्टी सदस्य दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावकोविरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीले जनाएको छ ।
समाजवादी पार्टीका एक नेताका अनुसार गिरीले पार्टीको ह्विप नमानेका कारण कारवाही गर्न लागिएको हो । गिरीले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन् । सो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गरेको थियो । तर, गिरीले नमानेले उनीमाथि कारवाही अगाडि बढाइएको ती नेताले बताए ।

शीर्ष पार्टी नेताहरु कठमाडौंबाहिर रहेकाले उनीहरु फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वन हुने स्रोतले बतायो ।

हाल समाजवादीका पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा छन् ।

नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद बनेकी हुन् ।
 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्