देवेन्द्र पौडेलको संयोजकत्तोमा रुकुम घटना छानबिन संसदीय विशेष समितिको गठन

Machchapuchchre

अर्थ राजनीति ~  रुकुमको सोतीमा भएको घटनाको छानबिन गर्न गठित संसदीय विशेष समितिमा संयोजक र सदस्यहरूको चयन भएको छ ।
सो विशेष समितिको संयोजकमा सांसद देवेन्द्र पौडेल रहनुभएको छ ।

सदस्यहरूमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली, बिमला विक, महेश्वरजङ्ग गहतराज, मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहनुभएकाे छ । विशेष समिति गठन हुने यसअघि नै तय भएको भए पनि सदस्यहरूको नाम तोकिएको थिएन ।

समिति नाै सदस्यीय रहेको छ । एक जोडीबीचको प्रेम सम्बन्धका विषयमा भएको विवादमा छ जनाका ज्यान गएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्