थप ३१४ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । पुरुष २९४ जना  र २० जना महिला गरी कुल ३१४ जनामा थप कोरोना भएकाे छ । त्यसैगरी, थप २१ जना डिस्चार्ज हुनुभएकाे छ । कुल डिस्चार्ज हुनेको सङ्ख्या ४८८ पुगेको छ । त्यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट १४ जनाकाे मृत्यु भएकाे छ । क्वारेन्टाइनमा एक लाख ६६ हजार ६६८ रहेका छन् भने तीन हजार २६० जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्