सोमबार बिहानै मृतक १ र संक्रमित २४ जना थपिए

Machchapuchchre

अर्थ राजनीति ~ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका स्याङ्जाको वालिङ निवासी ६० वर्षीय पुरुषको सोमबार बिहानै मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु भएका व्यक्ति जेठ २१ गते भारतबाट स्याङ्जाको वालिङ आई २२ गते उपचारका लागि पोखरा आउनुभएको थियो । मृगौला, सुगरलगायतका रोगका बिरामी भएका कारण कोरोना सङ्क्रमण हुनुपूर्व तत्कालै पोखरा पठाएर प्रिआइसाेलेसनमा राखिएको जनाइएको छ ।

त्यस्तै प्रदेश २ मा आज थप २४ जना कोरोना संक्रमित भेटिएका छन् ।

सप्तरी १६ र पर्सामा ८ जना संक्रमित थपिएका हुन् । सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा २५ वर्षीया महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका युवक तथा ३५ वर्षीय २ जना पुरुष रहेका छन् ।

यो सँगै सप्तरीमा संक्रमितको संख्या ९३ पुगेको छ । संक्रमितहरु केही दिनअघि भारतबाट आएको बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्