अति संक्रमित रास्ट्र स्पेन, इटाली र अमेरिकामा मृत्युदर घट्यो, इटालीले केहि दिन पछिबाट लकडाउन खुकुलो पार्ने

Machchapuchchre

अर्थ राजनीति – भाइरसको उच्च मारमा परेको स्पेनको अवस्था सुधार हुँदै गएको छ । त्यहाँ मृत्यु हुनेको संख्या तीन दिनदेखि लगातार घट्दै गएको हो ।  २० मार्चपछि स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुनेको दर अचानक उच्च गतिमा बढेको थियो । पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ८८ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । २ लाख २६ हजार ६ सय मानिस संक्रमित भएकोमा ८५ हजार जनाको उपचार भइरहेको छ भने १ लाख १७ हजार मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।  लामो समयको लकडाउनका कारण कोरोनाविरुद्ध जित हासिल हुदै गएको भएपछि स्पेन सरकारले १४ वर्ष मुनीका बालबालिकालाई दैनिक १ घण्टा घर बाहिर गएर खेल्ने अनुमति दिएको छ ।

कोरोनाको केन्द्रविन्दु बनेको युरोपेली देश इटलीमा पनि पछिल्लो २४ घण्टामा मार्च १४ यताकै कम संख्यामा मानिसको मृत्यु भएको छ ।  त्यहाँ हिजो २ सय ६० जनाको मृत्यु भएको हो । इटलीमा मृत्यु हुनेको संख्या २६ हजार ६ सय ४४ पुगेको छ । इटलीमा सम्भव भए सम्म आगामी हप्ताबाट लकडाउन खुकुलो पार्ने बताइएको छ ।

अमेरिकाको न्युयोर्कमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा रहेको छ । त्यहाँका गर्भनर एन्ड्रयु क्यूमोले मृत्युदर घटिरहेको बताएका छन् । अमेरिकामा हिजो ११ सय संक्रमितको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ५५ हजार नाघ्दा संक्रमितको संख्या ९ लाख ८७ हजार पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्