कोरोनाका कारण संसद बैठक रोक्न कांग्रेस सांसदको माग

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेसका सांसदहरु भरतकुमार शाह र भीमसेनदास प्रधानले कोरोनाबाट बच्न सतर्क हुनुपर्ने भन्दै संसद बैठक रोक्न माग गरेका हुन् ।

‘कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक छैन । यस्तो ठाउँमा संक्रमण फैलने सम्भावना धेरै हुन्छ । हामीलाई संक्रमण भयो भने गाह्रो हुन्छ । चाँडोभन्दा चाँडो संसद बन्द गर्नुपर्‍यो,’ सांसद प्रधानले भने ।

यस्तै, शून्य समयमा बोल्दै कांग्रेसका अर्का सांसद भरत शाहले पनि भने, ‘संसदलाई धेरै दिन नचलाउने हो कि ?’ यस्तै, स्कुल र विद्यालय पनि बन्द गर्नुपर्ने सांसदहरुको माग छ । यसअघि पनि सांसदहरुले कोरोनाका कारण संसद रोक्नुपर्ने माग राख्दै आएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्