मतदाता परिचयपत्रमा कुकुरको फोटो आएपछि…

Machchapuchchre

काठमाडाैं । हामी कहाँ १८ बर्ष उमेर पार गरेकाहरुले आफुले चाहेको उम्मेदारलाई मतदात गरी निर्वाचित गराउने अधिकार दिइएको छ । मतदान गर्न मतदाता परिचय पत्र आवश्यक हुन्छ । जसमा मतदाताको सम्पुर्ण विवरण उल्लेख हुन्छ । तर कुनै मतदाताको परिचय पत्रमा उसको तस्वीरको सट्टा कुकुरको फोटो आयो भने के होला ?

भारतका एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टामा कुकुरको तस्वीर अकिंत भएको छ । भारतको पश्चिम बंगाल प्रदेशको मुर्शीदाबादका निर्वाचन अधिकारीको लापरबाहिले एक मतदाताको परिचय पत्रमा उनको तस्वीरको सट्टा कुकुरको तस्वीर अंकित भएको छ ।

मुर्शिदाबाद, रामनगरका निवासी सुनील कर्मकार भोटर आइडी कार्डमा कुकुरको तस्वीर अकिंत भएपछि उनको आक्रोशको सीमा नै रहेन । उनले यस्तो लापरबाही हुनुमा निर्वाचन अधिकारी दोषी भएकाले यसबाट आफ्नो अपमान भएको बताएका छन् ।

यस बिषयमा सुनीलले आक्रोशित हुदैं सरकारको समेत ध्यानाकर्षण गराएका छन् । उनले कुकुरको फोटो देखिदेखि आफ्नो परिचय पत्रमा हस्ताक्षर गरेकोमा अपमान भएको भन्दै अदालत जाने बताएका छन् । यस बिषयको जानकारी पाए लगत्तै निर्वाचय आयुक्तले यस घटनामा छानबिन गर्ने बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्