६ बैंकले व्यवसाय विस्तारका लागि बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा, ग्राहक सेवामा सुधार, पुराना ग्राहकलाई थप सुविधा र उत्पादन केन्द्रित कर्जा रणनीति अपनाएका छन्। माछापुच्छ्रे बैंकले ११ महिनामा २५ अर्ब २४ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। ११ महिनामा एभरेष्ट बैंकले जेठ मसान्तसम्म आइपुग्दा थप ३० अर्ब ६३ करोड विस्तार गरेको छ। ११ महिनामा धेरै कर्जा प्रवाह गरेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकले सेवा गुणस्तर र मार्केटिङ रणनीतिमार्फत व्यवसाय बढाएको बताउँछन्। पुँजीको दवाबमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ११ महिनामा ३२ अर्ब १८ करोड रुपैयाँ कर्जा बढाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल देशभर राम्रो नेटवर्क भएकाले साना तथा मझौला कर्जा उच्च दरले बढाएको बताउँछन्। ग्लोबल आइएमई बैंकले ११ महिनामा ३३ अर्ब ८३ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले क्षमताअनुसार कर्जा वृद्धि गर्न नसकेको बताए। बैंकिङ प्रणालीमा अहिले लगानीयोग्य रकम पर्याप्त छ। वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७२ प्रतिशत छ। यसले केही बैंकले कर्जा विस्तार तीव्र बनाए पनि अधिकांशले व्यवसाय बढाउन नसकेको प्रष्ट हुन्छ।
आधा दर्जन बैंकको कर्जा वृद्धिदर दोहोरो अंकको
Artharajniti ~ चालु आर्थिक वर्ष समग्र बैंकिङ क्षेत्रको कर्जा विस्तार सुस्त रहेकामा आधा दर्जन वाणिज्य बैंक भने दोहोरो अंकको वृद्धिदर कायम गर्न सफल भएका छन्। सरकारले लिएको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तारको प्रक्षेपण गरेकामा चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकको औसत कर्जा विस्तार ५.८१ प्रतिशतमा सीमित रहँदा ६ वटाले भने आक्रामक रुपमा दोहोरो अंकको वृद्धिदर कायम गरेका हुन्। माछापुच्छ्रे, एभरेष्ट, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले बजारमा शिथिलताकै बीच कर्जा प्रवाहलाई तीव्रता दिएका छन्। माछापुच्छ्रेले १७.१६, एभरेष्टले १३.६९, लक्ष्मी सनराइजले १०.६५, नबिलले १०.२७, राष्ट्रिय वाणिज्य बैंकले १०.४२ र ग्लोबल आइएमई बैंकले ७.६८ प्रतिशतले कर्जा बढाएका छन्।चालु आर्थिक वर्ष ११ महिनामा वाणिज्य बैंकहरूले कुल कर्जा लगानी करिब २ खर्ब ८८ अर्ब रुपैयाँले विस्तार गर्दा त्यसमा झन्डै ८० प्रतिशत हिस्सा आधा दर्जन बैंकको छ। वृद्धिदरका आधारमा माछापुच्छ्रे बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा धेरै कर्जा रकम बढाउनेमा नबिल बैंक छ। नबिलले ११ महिनामा ४४ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ।



