बैंकबाट ऋण लिएर सेयर किन्ने बढे

Machchapuchchre
Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष फागुनसम्म बैंकहरुले ८५ अर्ब ७० करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका छन्। गत असारको तुलनामा यो रकम १२.३ प्रतिशतले बढी हो। असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ३० करोड रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका थिए। राष्ट्र बैंकका अनुसार चालु वर्ष ८ महिनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ३९ करोड रुपैयाँ ऋण लगानी बढाएका हुन्। ठूला लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर खरिद गर्दा सेयर धितो कर्जा प्रवाह वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। ८ महिनामा १ करोड रुपैयाँ बढीको ऋण १७.४ प्रतिशतले बढेको छ। १ करोडभन्दा बढीको ऋण ५२ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको छ। ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ३.१ प्रतिशतले वृद्धि भएको छ। २५ देखि ५० लाखसम्म ८.८ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको ऋण प्रवाह १.८ प्रतिशतले बढेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्