‘ बहुउद्देश्यीय सहकारीको काम छैन’ : पूर्वअर्थमन्त्री खतिवडा

Machchapuchchre

Artharajniti  ~  पूर्वअर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारी आवश्यक नभएको बताएका छन्‌। राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभ कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खतिवडाले सहकारीको एकल उद्देश्य हुनुपर्ने तर्क गरेका हुन्‌। ‘बहुउद्देश्यीय सहकारीको काम छैन, एकल उद्देश्य  हुनुपर्छ,’ खतिवडाले भने, ‘बरु कृषि, उद्योग लगायतमा जाने हो भने ठीक छ। तर बहुउद्देश्यीय हुनु भएन।’ केही समस्या आए भन्दैमा सहकारी चाहिँदैन भन्न नहुने बताउँदै खतिवडाले नाफामा मात्र केन्द्रित हुने हो भने २०३० मा सहकारी थिए भन्ने मात्र सुनिने दाबी पनि गरे। सहकारीहरू अब प्रविधि अपनाउने पाटोमा अग्रसर हुनुपर्ने खतिवडाको भनाइ छ। ‘बैंकिङ कारोबार सबैजसो डिजिटल बन्दै गएको छ। एटीएम प्रयोग गर्नेहरू पनि विस्तारै घटदै गएका छन्‌। अब विस्तारै वित्तीय सेवाहरू अदृश्य बन्दै जानेछन्,’ उनले थपे, ‘प्रविधिको प्रयोगमा ध्यान दिए भने सन् २०३० मा सहकारी भेटिन्छन्।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्