उपनिर्वाचन : प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ दलले दिए निवेदन

Machchapuchchre

Artharajniti  ~  उपनिर्वाचनमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको समयसम्म प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले हिजोसम्म समय तोकेको थियो । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईका अनुसार निवेदनमाथि जाँचबुझपछि दर्ताको निर्णय गरिनेछ । उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन् । रास्वपाले भने प्रतिनिधिसभामा मात्रै उमेदवारी दिएकाले प्रदेशतर्फ १९ निवेदन परेको हो । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा उपनिर्वाचन हुँदै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्