देउवालाई नेतृत्व छाड्न नेताहरुको सार्वजनिक मञ्चबाटै दबाब

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसमा महासमिति बैठकका लागि जिल्ला जिल्लामा सम्मेलन जारी छ। लुम्बिनी प्रदेशमा भएको प्रदेश सम्मेलनमा भने नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध आवाज बुलन्द पार्न थालेका छन्। शुक्रबारमात्र संस्थापनइतरका नेता डा. शेखर कोइरालाले नवलपरासी पश्चिम पुगेर घुमाउरो पारामा देउवाले ससम्मान नेतृत्व छाड्नुपर्ने बताएका थिए। ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मानपूर्वक नेतृत्व छाड्नुपर्छ,’ कोइरालाले भनेका थिए। सोही मञ्चमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले शेखर कांग्रेसको सभापति भएको हेर्न जनताले चाहेको बताएका थिए। ‘एक पटक कांग्रेसजन र नेपाली जनताले शेखर कोइरालालाई कांग्रेस सभापति भएको हेर्न चाहेका छन्, वर्तमान र भविष्य हेर्न सक्ने नेता डा. शेखर कोइराला हुन्,’ उक्त सभामा भण्डारीले भनेका थिए। शनिबार महामन्त्री विश्वप्रकाश शर्माले अब देउवाले प्रधानमन्त्री बन्छु भनेर लाग्न नहुने धारणा राखे। बुटवलमा भएको लुम्बिनी कांग्रेसको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै शर्माले गौतम बुद्धले एकपटक पनि सत्ताको कूर्सीमा नबसी बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै नयाँ पुस्ताको लागि ठाउँ छाड्न देउवालाई आग्रह गरेका हुन्। अर्का महामन्त्री गगन थापाले पनि शर्माको भनाईमा सहमति जनाउँदै कांग्रेस जोगाउने हो भने देउवाले नेतृत्व छाड्नुपर्ने भनाई राखे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्