हालसम्म ११ वटा वाणिज्य बैंकले प्रस्ताव गरे लाभांश

Machchapuchchre

Artharajniti  ~  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत वाणिज्य बैंकहरूमध्ये हालसम्म ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्यी बैंकहरूले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन्। लाभांश घोषणा गर्ने बैंकहरूमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआइ बैंक, नबिल बैंक र एनएमबी बैंक रहेका छन्। यी ११ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश एनआइसी एशिया बैंकले घोषणा गरेको छ। बैंकले २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै, एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले गत वर्ष १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश गरी कुल २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। माछापुच्छ्रे बैंकले भने यो वर्ष १४ प्रतिशत लाभांश दिने भएको छ। गत वर्षको नाफाबाट कम्पनीले सेयरधनीहरूलाई १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश दिन लागेको हो। यस्तै, सानिमा बैंकले यो वर्ष ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। सिटिजन्स बैंकले यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। कम्पनीले ५.७९ प्रतिशत लाभांश दिएको हो। सिद्धार्थ बैंकले पनि यो वर्ष नगद लाभांश मात्र दिने भएको छ। कम्पनीले ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकले यो वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। ग्लोबल आइएमइ बैंकले सेयरधनीहरूलाई चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशगरी कुल ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। नेपाल एसबिआइ बैंकले यो वर्ष सेयरधनीहरूलाई ३.७५ प्रतिशत बोनस सेयर र ६.८ प्रतिशत नगद गरी कुल १०.५५ प्रतिशत लाभांश दिने भएको छ। यसैगरी, नबिल बैंकले यो वर्ष सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश दिन लागेको हो। गत वर्ष कम्पनीले १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो। त्यस्तै, एनएमबी बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने घोषणा गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। गत वर्ष भने बैंकले ८.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्