नेपालमा विदेशबाट दैनिक दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

Machchapuchchre

अर्थ राजनीति  ~ आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा नौ खर्ब पाँच अर्ब अड्तिस करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ । सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी चैत महिनामा ९३ अर्ब ३८ करोड रुपैयाँ नेपाल भित्रिएको छ । फागुन महिनामा ९१ अर्ब, ७ करोड, वैशाखमा ८७ अर्ब ५ करोड, जेठमा ९३ अर्ब ३९ करोड भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । प्रत्येक वर्ष रेमिट्यान्स भित्रिने क्रम बढिरहेको छ ।

नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक  २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन् ।

त्यस्तै आव २०७६/०७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ वैदेशिक रेमिट्यान्स भित्रिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्