उपचारका लागि पोखरा महानगरले १० लाख दिने

Machchapuchchre

अर्थ राजनीति   ~   मष्तिकघात भइ उपचाररत पोखरा महागनरपालिकाका प्रमुख मानबहादुर जिसीको उपचारमा महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पोखरा महानगरको कार्यपालिका बैठकले साउन १ गते अकस्मात मष्तिस्कघात भई उपचाररत प्रमुख जिसीको उपचारका लागि दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । पोखरा महानगरपालिकाका कार्यवाहक नगर प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षता मंगलबार सम्पन्न कार्यपालिकाको ५१ औं बैठकले प्रमुख जिसीको स्वास्थ्य लाभको कामना सहित उपचारका लागि १० लाख दिने निर्णय गरेको हो। न्यूरो अस्पताल काठमाण्डौमा उपचाररत जिसीको स्वास्थ्य उपचारमा आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गर्दै तत्कालको उपचार खर्च व्यवस्थापनका लागि १० लाख प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने निर्णय भएको महनगरका प्रवत्ता धनबहादुर नेपालीले जानकारी दिए । बैठकले नगर प्रमुख जिसीको स्वास्थ्य अवस्थाको बारेमा दैनिक सूचना प्रवाह गर्ने जिम्मेवारी महानगरका प्रवक्ता धनबहादुर नेपालीलाई दिएको छ । बैठकले जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गदै महानगरका सम्पूर्ण वडा कार्यालयहरूमा स्वास्थ्य लाभको पुस्तिका राख्ने निर्णय समेत गरेको छ । मस्तिष्कघात भएपछि मेयर जिसीको काठमाडौँ बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई रानीपौवाको मेडिप्लस हुँदै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मस्तिष्कघात पुष्टि गरेका थिए । मणिपालमा प्राथमिक उपचारपछि शुक्रबारै दिउँसो हेलिकोप्टर मार्फत प्रमुख जिसीलाई काठमाडौँ लगिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्