अदालतको मुद्दाबारे मौन बस्न ओली पक्ष तयार, सहमतिको भाका आज

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलले सहमतिका लागि आज अर्को भाका राखेको छ । नेताहरुका अनुसार कार्यदल स्तरमा आज  आइतबारसम्म निष्कर्षमा पुग्न प्रयास हुनेछ । लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन । कार्यदलका एक सदस्यका अनुसार २ जेठ २०७५ मा फर्किने, एमाले पुनस्र्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न पनि अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ । यसअघि ओली पक्षले एमालेका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले १८ असारमा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर असार २२ गते साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । तर नेपाल पक्ष त्यसमा सहमत छैन । ‘सुवास नेम्वाङले पहिलेबाटै भन्दै आउनुभएको छ, अदालतको विषयमा केही बोल्नु हुँदैन । कार्यदलमा मैले भन्ने गरेको छु, ‘तपाईंले कानूनको विद्यार्थी भएकाले अदालतमा विचाराधीन मुद्दामा केही पनि बोल्नु मिल्दैन भन्नुहुन्थ्यो । त्यसैले यो पनि अदालतमा विचाराधीन मुद्दा छ, केही नबोल्नु राम्रो हुन्छ ।’कार्यदलका एक सदस्यका अनुसार अध्यक्ष ओली पक्षका नेताहरु त्यसमा सहमत देखिएका छन् । ‘हामी संसद पुनर्स्थापना हुनुपर्छ भनेर अदालत गएका हौं । यसबारे अदालतले आफ्नो निर्णय देला’ कार्यदलमा रहेका नेपाल पक्षका एक नेता भन्छन्, ‘पार्टीको आन्तरिक विषयमा सहमति गर्दा अदालतमा विचाराधीन मुद्दाबारे मौन बसौं भन्दा उहाँहरुले हुन्न भन्नुभएको छैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्