आज सुनकाे मूल्यमा सामान्य बृध्दि

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज बढेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे छापावाला सुनको मूल्य तोलामा ९२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रूपैयाँमा काराेबार भएकाेमा आज १ सयले बढेकाे हाे । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेकाे छ । आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय १० रूपैयाँ रहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्