गभर्नर र बैंक वित्तीय संस्थाका सिइओहरु बिच छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  आगामी मौद्रिक नीतिका लागि बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बुझाएको लिखित सुझाबलाई ब्याख्या गर्न राष्ट्र बैकका गभर्नरले प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेका छन्। निषेधाज्ञा खुकुलो भएपछि पहिलो पटक सामूहिक रुपमा भेटेर गभर्नर महाप्रसाद अधिकारीले प्राप्त सुझाबहरुलाई ब्याख्या गर्न लगाएका हुन्। मेरियट होटलमा दिउँसो मंगलबार १ बजेदेखि साढे तीन बजेसम्म चलेको छलफलमा गभर्नर अधिकारीले कमै मात्र बोलेका थिए। उनले बैंकर्स संघका अध्यक्ष भुवन दहाल, विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरका साथै त्यस क्षेत्रका ४/५ जनाका दरले प्रमुख कार्यकारी अधिकृतहरुलाई डाकेका थिए। तीन वटै संघले आगामी मौद्रिक नीतिका बारेमा सुझाब पठाइसकेका छन्। ‘तपाइँहरुको सुझाब आयो। त्यहाँ उठाइएका बिषयहरु किन आवश्यक छ? औचित्य के छ भनेर छलफल गर्न डाकेको हुँ’ गभर्नरले सुरुमै संवोधन गर्दै भने, ‘भेटेरै कुराकानी गर्दा राम्रो होला भनेर पनि हो।’अधिकांसले आफ्नो मागको औचित्य पुष्टी गर्नेभन्दा पनि पुरानै माग दोहोर्याएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्