राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड- १ आजदेखि बिक्रीमा

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबीबी म्युचुअल फण्ड–१ को बिक्री आजदेखि खुला भएको छ । यसको योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक हो ।अंकित मूल्य १० का दरका १० करोड इकाइ जारी गरिनेछ । यसमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत आरबीबी मर्चेन्ट बैंकिङलाई छुट्याइएको छ । बाँकी रहेको आठ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ । म्यचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिने छ । निष्कासन तथा बिक्री छिटोमा २७ असार र ढिलोमा ६ साउनमा बन्द गरिनेछ । यो योजना कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड हुने गरी ‘आरबीबी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना हो । यस योजनाको समयावधि सात वर्षको छ । कम्पनीले सात वर्षको अवधिमा लगानीकर्तालाई १६० प्रतिशतसम्मको प्रतिफल दिने जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सञ्चालन गर्न लागेको यो पहिलो सामूहिक लगानी कोष योजना हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्