माओवादी केन्द्रको दर्ता खारेज माग गर्दै पूर्वमाओवादी नेता पुगे आयोग

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् । निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए । एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो । त्यही कारण उनीहरुले सांसद पद गुमाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्