एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दै

Machchapuchchre
अर्थ राजनीति  ~  नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि छलफल हुन बाँकी विषयमा आजको बैठकमा कुराकानी हुने नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो वार्ता भएको थियो । पछिल्लो समय नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेका बुले दुवै नेताबीच ५६ दिनपछि भेटवार्ता भएको हो । यसअघि दुवै पक्षबाट छलफलको प्रयास भएपनि शीर्ष नेताहरुबीच वार्ता हुन सकेको थिएन । गत चैत २ गते एमालेको तत्कालीन पार्टी कार्यालय धुम्बाराहीमा, वैशाख ८ गते होटल मेरियटमा र वैशाख ३० गते बुढानिलकण्ठमा ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । हिजोको भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको बताइएको छ । हिजोको बैठकमा शीर्ष नेताहरुबीचको कुराकानी सकारात्मक भएको नेताहरुले दावी गरेका छन् । कार्यदलमा रहेका नेताहरुले एकताका लागि विभिन्न प्रयासहरु जारी राखेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्