महन्थ ठाकुरको निर्णय : उपेन्द्र यादव पक्षका २० नेता आउट

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका २० जनालाई हटाएर आफ्नो पक्षबाट २० जना राखेर कार्यकारिणी समितिमा हेरफेर गरेका छन् तर अध्यक्ष यादव पक्षले त्यसलाई जालसाजी र फर्जी भन्दै आपत्ति जनाइसकेका छन् । गत पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले आफूलाई कार्यकारिणी समिति हेरफेरका लागि दिएको म्यान्डेटको आधारमा त्यस्तो गरेको अध्यक्ष ठाकुरको दावी रहेको छ । तर उपेन्द्र यादवले पुस ७ गते त्यस्तो कुनै निर्णय नै नभएको दावी गरेका छन् । गत पुस ७ गते भएको निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ र दुवैजना अध्यक्षको हस्ताक्षर रहेको विज्ञप्तिमा कहीँ कतै त्यो अधिकार दिएको कुरा उल्लेख नगरेको यादवको भनाइ छ । निर्णय भएको कुरा विज्ञप्तिमार्फत सार्वजनिक नगरिए पनि आन्तरिक सर्कुलरमा त्यो कुरा उल्लेख हुन्थ्यो । त्यो दिनको बैठकले गरेको निर्णय कार्यकारिणी समिति, प्रदेश, जिल्ला, स्थानीय तहसम्म सर्कुलरको रुपमा पठाइँदा पनि केही उल्लेख छैन । त्यो दिनको माइन्युटमा पनि यसबारे उल्लेख नरहेको बताउँदै यादवले निर्वाचन आयोगमा पेस गरिएको कागजात सबै फर्जी रहेको दावी गरे । तर सो पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झाले यसबारे आधिकारिकता जाँच गर्ने निकाय निर्वाचन आयोग भएकाले अहिले नै टिकाटिप्पणी गर्नुको आवश्यकता नरहेको बताए । आफूहरुको तर्फबाट चाहिने जति कागजात विधिसम्मत तरिकाले निर्वाचन आयोगमा बुझाई सकेको बताउँदै उनले निर्वाचन आयोगमा गइसकेपछि एकअर्काको बारेमा टिकाटिप्पणी गर्नुभन्दा त्यसको निर्णयलाई कुर्नुपर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्