आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं : बाबुराम भट्टराई

Machchapuchchre

अर्थ राजनीति  ~  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति, दल र नेतृत्वमा आएको स्खलन नै देशको चौतर्फी संकटको प्रमुख कारण भएको बताएका छन् । आइतबार बिहान ट्विट गर्दै भट्टराईले टाउकाको ओखती नाइटामा लगाएर नहुने भन्दै कांग्रेस, कम्युनिस्ट र समाजवादीलाई रूपान्तरण गर्न  आँट गर्नुपर्ने बताए । नभए समयले कसैलाई नपर्खने उनको टिप्पणी छ ।’भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ भट्टराईले ट्विटमा लेखेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु; समाजवादी ‘समाजवादी’नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है !’  सबै नेताहरुलाई  समय मै सचेत हुन अनुरोध गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्