काठमाडौँमा असार ८ बाट ‘स्मार्ट लकडाउन’ सुरु गरिने

Machchapuchchre

अर्थ राजनीति  ~  उपत्यकाका जिल्लाहरुमा ‘स्मार्ट लकडाउन’ सहित एक साता निषेधाज्ञा थप गरिएको छ। उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)को बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। बैठकपछि थप गरिएको निषेधाज्ञा आगामी असार १४ गतेसम्म लागू हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए।सीडीओ पराजुलीका अनुसार निजी सवारीलाई जोर-बिजोर अनुसार चल्न दिइने छ, भने ट्याक्सीहरूलाई पनि जोर-बिजोर लागू गरेर चलाउन दिइनेछ। यसैगरी, ‘आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ,’ पराजुलीले भने,‘सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्