गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय गौरवको आयोजना भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । यद्यपि कोरोना भाइरसको महामारीका कारण परीक्षण उडान पर धकेलिएको नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थल आयोजनाका अधिकारीहरुले जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत विमानस्थल आयोजना (आइसीबी टु) प्रमुख प्रविण न्यौपानेका अनुसार विमानस्थलमा उपकरण जडानको काम सकिएको छ । महामारीका कारण क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) भने गर्न सकिएको छैन । यो उडान नभएसम्म विमानस्थलमा जडित उपकरणले काम गरे–नगरेको थाहा हुँदैन । सेप्टेम्बर–अक्टोबरसम्म परीक्षण उडान गर्ने प्रयास भइरहेको न्यौपानेले जानकारी दिए । ‘हाम्रो जोड दशैं अगाडि परीक्षण उडान गर्ने हुने छ,’ उनले भने, ‘यो काम विमानस्थल निर्माणको अन्तिम चरणको हो ।’गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइसीबी वानतर्फ भौतिक संरचना निर्माण गरिएको छ । यो चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले गरिरहेको छ । आइसीबी टु तर्फको काम भने थाइल्याण्डको एरोथाई कम्पनीले गरेको हो ।

कोरोना महामारीको पहिलो लहरमा रोकिएका कामदार कोरोना केही समय कम भएसँगै नेपाल आएका थिए । उनीहरुले धमाधम काम गरेर उपकरण जडानको काम सके पनि दोस्रो लहरको संक्रमण र यात्रा प्रतिबन्धका कारण परीक्षणको काम रोकिएको उनले जानकारी दिए । ‘क्यालिब्रेशन फ्लाइट एउटै ठेक्का भित्रको प्याकेज थियो,’ न्यौपानेले भने, ‘तर, महामारीका कारण रोकियो ।’आयोजना प्रमुख न्यौपानेका अनुसार परीक्षण उडानबाट सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्नेछ । यस्तो फ्लाइटमा विज्ञहरु सहभागी हुन्छन् । परीक्षण उडान गर्न विशेष जहाज मगाउनु पर्ने हुन्छ । अहिले भारत, पाकिस्तान, थाइल्याण्ड लगायत मुलुकमध्ये जुन देशबाट सहज हुन्छ, त्यहाँबाट जहाज ल्याएर उडान गर्ने तयारी प्राधिकरणको छ । कम्युनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि जहाज उडान/अवतरणको बाटो खुल्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्