एकै दिन ११ सयले बढ्यो सुनको भाउ

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको भाउ आज एकै दिन १ हजार १ सय रुपैयाँले बढेको छ । हिजो ९० हजार ६सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको भाउ पनि ११ सय रुपैयाँले बढेर ९१ हजार २ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि प्रति तोला ३५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर १ हजार ३ सय ५० पुगेको छ । नेपाली बजारमा सुनचाँदीको भाउमा  घटबढको क्रम चलिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्