ओली-नेपाल ‘निर्णायक वार्ता’ हुदै

Machchapuchchre

अर्थ राजनीति  ~ एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले थापाथलीस्थित पार्टी कार्यालयमा ‘निर्णायक’ छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार माेतीलाल दुगडले केही बेरपछि २ नेताबीच भेटवार्ताकाे टुंगाे लाग्ने बताए । ‘पार्टी कार्यालयमा उहाँहरूबीच भेटघाटको तयारी हुँदैछ । १ घण्टाजतिमा सबै कुरा प्रस्ट हुन्छ भेटघाटबारे’, उनले भने । याे बैठकले पार्टीभित्र बढेकाे विवादकाे निराकरण गर्ने विश्वास पनि उनले व्यक्त गरे । विश्वासको मत लिने मिति नजिकिँदै जाँदा ओलीले नेता नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग छलफल भएका संवाद बढाएका छन् । ओलीले बिहीबार राति माधव नेपालसँग टेलिफोनमा कुरा गर्दै तिक्तता घटाउने उपायहरूबारे परामर्श गरेका थिए । नेपालनिकट एक नेताका अनुसार खनाल नेपाल पक्षका नेताहरूमाथि चलाएको अनुशासनको कारबाही फुकुवा गर्न ओली तयार देखिएका छन् । उनले एकलाैटी थपेका पार्टी पदाधिकारी र सदस्य फिर्ता लिन माधव पक्षले राखेकाे माग सम्बाेधन गर्न भने उनी अहिलेसम्म तयार देखिएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्