७ महिनापछि तोलाको ९० हजार रुपैयाँ भन्दा तल सुन

Machchapuchchre

अर्थ राजनीति  ~  यस वर्ष सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ । बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो। नेपाल सुन चाँदी महासंघले  कोरोना महामारीपछि गत जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो। त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताहरु सुनप्रति आकर्षित हुन थालेपछि मूल्य उकालो लाग्दै प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। हाल लगानीकर्ताहरु सेयरतर्फ आकर्षित हुदा सुनको मूल्य घट्न थालेको महासंघलको अड्कल छ। बुधबार अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले गिरावट भएको हो। गत हप्तादेखि १/२ सयको गिरावट भइरहेको सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले बढेको थियो। चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा २० रुपैयाँले घटेर प्रतितोला १३४० रुपैयाँ भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले  एक महिनाभित्र सुनको मूल्य घटेर प्रतितोला ८० हजार रुपैयाँसम्म आइपुग्न सक्ने  अनुमान गरेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्