महानगरपालिकाले खुलामञ्च खाली गरउन डोजर चलायो

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गराउन सुरू गरेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो। आज बिहानबाट (बुधबार) महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहनु भएका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए। खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको चिनिया निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ। राजधानीमा सार्वजनिक सभा, समारोह र भेला हुने उक्त स्थान ६ वर्षदेखि साँघुरिएको थियो। २०७२ बैशाखको भूकम्पपछि खुला मञ्चमा निर्माण सामाग्री राखिँदै आएको हो। ठेकेदार आवासीयरूपमा बसेका छन् भने सार्वजनिक र निजी सवारी पार्किङ क्षेत्रका रूपमा पनि प्रयोगमा  छ । विस्तारै बसपार्क पनि खाली गरिने उनले थपे । मेयर विद्या सुन्दर शाक्यले अब खुलामञ्चलाई खाली गराउने अभियान सुरु गरेको बताए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्