कांग्रेस नेताहरुको एकापसमा फरक र विरोधाभाष अभिव्यक्ति

Machchapuchchre

अर्थ राजनीति  ~  संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा राजनीतिक दलहरुले आन्दोलन गरिरहेका छन् । नेकपाको प्रचण्ड-नेपाल समूहजस्तै नेपाली कांग्रेस पनि पुस ५ गतेदेखि नै आन्दोलित छ । पुस ५ देखि नै ओलीको कदमको विरोध भन्दै कांग्रेसका शीर्षदेखि युवा नेता देश दौडाहामा छन् तर यस संवैधानिक र राजनीतिक संकटमा पार्टीको लाइन के हो जनतालाई बताउन  सकेका छैनन् । सोमबार मात्रै नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्‍यो  तर यस अगाडि झै सोमबारको प्रदर्शनलाई सम्बोधन गर्ने कांग्रेसका नेताहरुले एकापसमा फरक र विरोधाभाष अभिव्यक्ति दिएक थिए । विशेषत पार्टीका शीर्ष नेताहरुको मात्र होइन, युवा नेताहरुको विचमा नै कार्यकर्ता र जनतालाई दिने राजनीतिक सन्देशमा नै भिन्नता देखिएको छ। चुनावको तयारी गर्ने कि आन्दोलनको ? किनभने कोहि चुनावको तयारी गर्न र कोहीले आन्दोलन गर्नुपर्ने बताइरहेका छन् । संसद विघटनको सवालमा मात्र होइन अदालत, निर्वाचन आयोग, विभिन्न संवैधनिक आयोगमा भएका नियुक्तिले नेपाली कांग्रेसका कार्यकर्तामा ठूलो अन्योल सिर्जना भएको देखिन्छ । सभापति शेरबहादुर देउवाको भाषणलाई हेर्ने हो भने उनी जसरी पनि निर्वाचनको पक्षमा रहेको देखिन्छ । उनले निर्वाचनको तयारी अगाडि नबढाएको निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरे साथै  उनले संसद विघटनको विषयमा सर्वाेच्च अदालतले जे निर्णय गर्छ, त्यही मान्ने पनि बताएका छन् । तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक लाइन भने अलिक पृथक छ । उनले धादिङमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मध्यावधि निर्वाचनले कुनै पनि हालतमा स्थायित्व नल्याउने बताए । देउवा र पौडेल मात्र होइन, सोमबार ७७ वटा जिल्लामा आयोजना गरिएका विरोध प्रदर्शनमा कांग्रेस नेताहरुले गरेको भाषणलाई हेर्दा नेताहरुले आफ्नो राजनीतिक लाइन व्यक्त गरेको देखियो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्