आज सेयर बजार दोहोरो अंकले वृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  आज सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार माकक नेप्से परिसूचक बढेर बन्द भएको हो। १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ।” क” वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पनि ४ दशमलव ०९ अंकले वृद्धि भएको छ । दिनभर भएका ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार कारोबार खुलेसँगै बजार बढ्न थालेको थियो । बजार बढे पनि अधिकांश कम्पनीहरुको सेयर मूल्य भने घटेको छ । धेरै कमाउनेमा बैंकका लगानीकर्ताहरु देखिएका छन् भने व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको छ । कम्पनीगत हिसाबले हेर्दा धेरै कमाउनेमा चन्द्रागिरी हिल्स देखिएको छ भने दोस्रो नम्बरमा मिर्मिरे लघुवित्त र तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य धेरै बढेको देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्