माओवादी जनयुद्धप्रति नरम देखिदै प्रधानमन्त्री केपी शर्मा ओली

Machchapuchchre

अर्थ राजनीति ~ विगतदेखि नै माओवादी जनयुद्धप्रति आक्रमक र कठोर मानिँदै आएको केपी शर्मा ओली र उनको समूहलाई  नेकपा विभाजनपछि त उनी माओवादीप्रति झनै आक्रामक बन्लान् भन्ने धेरैले  सोचेका  थिए  । किनभने, ओली समूहका नेता-कार्यकर्ताले माओवादी नेताहरुलाई  विविन्न नाम उपनाम जस्तै १७ हजार मानिसका हत्यारा, हिंस्रक जंगली, बाँदर, आदि दिने गरेका थिए ।  पुसको पहिलो साता नेकपाको विभाजन भएयता केपी ओलीले दुईवटा विषयमा सम्झौता गरेको पाइयो ।  माओवादी आन्दोलन र जनयुद्धप्रति नरम हुने र पार्टी विभाजनयता जनताको बहुदलीय जनवाद (जबज) लाई नै अब पार्टीको नीति बनाइने भनेर स्पष्ट नभन्ने ।

प्रधानमन्त्री ओलीको यो कार्यले  उनी १० वर्षे माओवादी जनयुद्ध र त्यसको अगुवाई गर्नेहरुप्रति सम्झौता गर्न चाहेजस्तो देखिएको भन्ने जानकारहरुको भनाइ छ । माओवादी जनयुद्धलाई हत्या, हिंसा वा आतंकका रुपमा नभई ‘त्याग, बलिदान र क्रान्ति’का रुपमा व्याख्या गर्दै बालुवाटारमा शनिबार उनले दिएको अभिव्यक्तिबाट उनी जनयुद्धप्रति सकारात्मक बनेका हुन् कि सर्ब साधारणको बुझाई  छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्