सिद्धार्थ बैंकले बोलायो माघ १६ गते वार्षिक साधारणसभा

Machchapuchchre

अर्थ राजनीति ~   सिद्धार्थ बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा एक करोड ५५ लाख १७ हजार रुपैयाँ तलब भत्तालगायत भुक्तानी गरेको छ  जुन अघिल्लो वर्षको तुलनामा प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा करिब ४ लाख रुपैयाँले बढेको  हो र  यसमा नाफाबाट पाइने बोनस जोडिएको छैन। बैंकले माघ १६ गते वार्षिक साधारणसभा बोलाएको  छ। सभामा प्रस्तुत गर्न लागिएको वार्षिक प्रतिवेदन अनुसार बैंकले सञ्चालकहरुलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य खर्चबापत ५२ लाख ३९ हजार रुपैयाँ भुक्तानी गर्न लागेको समेत पाईएको छ । गत वर्षको मुनाफाबाट बैंकले तीन प्रतिशत नगद लाभांश, १२ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बैंकको हालको पुँजी ९ अर्ब ७८ करोड रहेको छ। सभाले चार वर्षे अवधिका लागि संस्थापकबाट तीन र सर्वसाधारणबाट २ जना सञ्चालक चयन गर्ने छ। मर्जर तथा प्राप्तिको एजेण्डा पनि राखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्