राष्ट्रिय फुटबलको ४४ जनाको टोली प्रशिक्षण गर्न पोखरामा

Machchapuchchre

नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबारदेखि पोखरामा प्रशिक्षण सुरु गरेको छ । पोखरा रंगशालामा हालै निर्माण भएको अन्तर्राष्ट्रिय फुटबल स्टेडिएममा नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो पटक प्रशिक्षण हुन शुक्रबारदेखि सुरु भएको बताईएको छ ।
३५ जना खेलाडी, ९ जना अपिसियलसहित ४४ जनाको टोली हाल बन्द प्रशिक्षणका लागि पोखरामा छ । यही माघ २१ गतेसम्म टोली पोखरामा रहने भएको छ भने खेलाडीहरूको टोलीलाई रिफ्रेसमेन्ट तालिमसहित २÷३ घण्टाको हाइकिङसमेत गर्ने योजना रहेको बताईएको छ । कोरोनाले गर्दा प्रभावित भएको खेलकुदलाई पोखरामा यस्तो प्रशिक्षण हुनुले पनि खेलकुदलाई अघि बढाउनुपर्छ भन्ने सन्देश प्रवाह भएको छ  ।
विराट महर्जन, रोहित चन्द, विकेस कुथु, अभिषेक रिजाल, विशाल राई, नवयुग श्रेष्ठ लगायतका खेलाडीहरू पोखरामा आएका छन् । त्यस्तै प्राविधिक कारणले गर्दा सुमन अर्याल, रन्जित धिमाल र रविशंकर पासवान पोखरामा भएको प्रशिक्षणमा सहभागी भएका छैनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्