साथीकी १२ वर्षीया छोरीमाथि बलात्कारको प्रयास गर्ने एक जना पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~   पर्साबाट आफ्नै साथीकी १२ वर्षीया छोरीलाई बलात्कारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । शनिबार बिहान वीरगञ्ज महानगरपालिका २ छपकैयाबाट बालिकामाथि जबरजस्ती करणीको प्रयास गर्ने ३६ वर्षीय भारतीय नागरिक नेहाल मिँयालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मिँया र पीडित बालिका भारतको चम्पारानका स्थानीय बासिन्दा हुन् । उनीहरु वीरगञ्जमा डेरा गरी बस्दै आएका थिए ।

मियाँलाई जर्बजस्ती करणीको उद्योगमा आइतबार जिल्ला अदालत पर्साबाट म्याद थप गरी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्