ललिता निवासको जग्गा खाली नगराउन महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

Artharajniti  ~  ललिता निवासको जग्गा खाली गराउने प्रक्रिया तत्काल अगाडि नबढ्ने भएको छ। काठमाडौं महानगरपालिकाले फागुन ९ गते सूचना निकालेर ७ दिनभित्र खाली गर्न भनेकामा उच्च अदालत पाटनले खाली नगराउन सोमबार अन्तरिम आदेश दिएको छ। महानगरपालिकाले खाली गर्न सूचना निकालेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आइतबार रिट दायर गराएको थियो। त्यो रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तमप्रसाद […]

मन्त्रीहरूको राजीनामालाई एजेण्डा बनाउँदै एमालेले आजको संसद् बैठक पनि अवरुद्ध गर्ने

Artharajniti  ~   प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने भएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीको राजीनामा मागेर एमालेले फागुन ६ गते यताका बैठक अवरुद्ध गर्दै आएको छ। फागुन ६ गते प्रधानमन्त्री पुष्पकमल […]

सरकारले मिटरब्याज पीडितलाई वार्तामा बोलायो

Artharajniti  ~  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै गृह मन्त्रालयले पत्र पठाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा बोलाएको हो । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमा कुशवाहाको नेतृत्वमा मिटरब्याज […]

संसदमा एमालेले आज पनि विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

Artharajniti  ~  नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ । ‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट के हुन्छ त्यो आएको छैन । हामी आज पनि सरकारको जवाफ माग्छौं’ एमालेका सचेतक महेश बर्तौलाले भने । एमालेले भौतिक […]

प्रहरी कल्याणकोषको १२ अर्ब हिनामिना प्रकरण : पूर्व प्रहरीले गरे आन्दोलनको घोषणा

Artharajniti  ~  नेपाल प्रहरीले सञ्चालनमा ल्याएको प्रहरी कल्याण कोषलाई विगतका नेतृत्व मिलेर हिनामिना गरेको भन्दै नेपाल पूर्व प्रहरी संगठनले आन्दोलनको घोषणा गरेको छ । नेपाल प्रहरीको पूर्व नेतृत्वले कल्याण कोषको रकम चरम दुरुपयोग गरेको भन्दै संगठनले शनिबार राजधानीमा तीन बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो ।२०४८ सालमा स्थापना भएको कल्याण कोषमा अहिले जम्माजम्मी ४ […]

प्रतिनिधिसभा बैठक आज बस्दै

Artharajniti  ~  प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । त्यस्तै, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले […]

शाहीको प्रश्न- ” गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई पक्राउ गरेर जेल किन नहालेको ?”

Artharajniti  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पक्राउ गरेर जेल किन नहालेको भन्ने प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ६ फागुनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनालाई हत्या भएको भनेर जानकारी गराएकाले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने बताएका हुन् […]

मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध गर्ने

Artharajniti  ~  नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ । एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको […]

प्रतिनिधिसभा बैठक बस्दै

Artharajniti  ~  संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने  कार्यसूची रहेको संसद् सचिवालयले […]

” मन्त्री ज्वालालाई कारबाहीको विषय आजै टुङ्गिन्छ ” : प्रधानमन्त्री दाहाल

Artharajniti  ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् । मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो । बालकुमारी […]