काठमाडौं महानगरमा फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले संकलित कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरेको छ । महानगरका अनुसार २७ नम्बर वडाबाट संकलन गरिएको करिब १४ टन कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेसनमा कम्पोस्टिङ सुरू गरिएको हो । फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सुरू गरिएको महानगरले बताएको छ । घरेलु फोहोर दिगो […]

” त्रिवि उपकुलपति नियुक्तिको विषय टुङ्गिएको छैन ” : प्रधानमन्त्री दाहाल

Atharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय नटुङ्गिएको बताएका छन् । सिफारिस समितिको सिफारिस प्राप्त भएपनि यसबारेमा थप निर्णय भइनसकेको प्रचण्डको भनाइ छ ।  ‘त्रिभुवन विश्वविद्यालको उपकुलपति नियुक्ति भइसकेको छैन । आज बिहान गोरखा–पत्रकार समाज नेपालको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्डले भने, बधाई दिएर भ्रम फैलाउने काम भएको […]

सरकारलाई घुँडा टेकाउने आन्दोलनका कार्यक्रम ल्याउँदै एमाले

Artharajniti  ~  प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । मंगलबारदेखि सुरु हुने सो पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको हो । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकमा पेस हुने ६ वटा एजेण्डा तय […]

बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमालेको माग

Artharajniti   ~  नेकपा एमालेले संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ। आइतबार प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ गते दुई जनाको ज्यान जानेगरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीलाई प्रधानमन्त्रीले तत्काल हटाउनुपर्ने माग गरेका हुन्।  बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले […]

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

Artharajniti  ~ आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक  बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ । सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ । त्यस्तै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट […]

” गठबन्धनबाट उपलब्धिसँगै चुनौती पनि बढ्यो ” : कांग्रेस

Artharajniti  ~  नेपाली कांग्रेसले गठबन्धन गर्दा उपलब्धि भए पनि असन्तुष्टि र चुनौती समेत बढेको निचोड निकालेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विधान अधिवेशनका लागि तयार ‘राजनीतिक प्रस्ताव’ पेस गर्दै यस्तो बताएका हुन् । अघिल्लो प्रतिनिधिसभाको विघटनपछि संसद् र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू गएको निर्वाचनमा एक भएर […]

” एमालेमा अब पुस्तान्तरण हुन्छ ” : अध्यक्ष ओली

Artharajniti  ~ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई निर्णायक तवरमा काम गर्न सक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राखे । उनले एमाले त्यो राष्ट्रिय शक्तिका रूपमा रहे पनि निर्णायक […]

रामग्राम क्षेत्र निजी कम्पनीलाई दिने सम्झौता खारेज

Artharajniti  ~  लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी “द प्रमिस्ड ल्यान्ड”सँग गरिएका सबै सम्झौता खारेज गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा प्रमिस्ड ल्यान्डसँग गरिएका सम्झौतालगायत सबै कार्य खारेज गर्ने निर्णय गरेको हो । संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ […]

दुर्गा प्रसाईंको कार्यक्रममा पूर्वराजा र राप्रपाको सहभागिता नहुने

Artharajniti   ~  दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले मंगलबार राजधानीमा आयोजना गरेको भेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाको सहभागिता नरहने भएको छ । राजधानीमा आयोजित कार्यक्रममा प्रसाईंले पूर्वराजा साहका साथै राजावादी पार्टी राप्रपालाई निम्ता दिएका छन् । तर, पूर्वराजा शाह उनको कार्यक्रममा सहभागी नहुने उनको संवाद सचिवालयले जनाएको छ । […]

रामग्राम लिज समझदारी रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

Artharajniti  ~  गौतम बुद्धको अस्थिधातु समाधिस्थल नवलपरासीको रामग्राम क्षेत्र उत्खनन एवं बौद्ध स्तूपलगायत संरचना निर्माण तथा व्यवस्थापनका लागि भन्दै लुम्बिनी विकास कोषले बिनाप्रतिस्पर्धा एक निजी कम्पनीलाई ९९ वर्षका लागि सुम्पिने गरी भएका सबै सम्झौता, समझदारी रद्द गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामाले लुम्बिनी कोषको उपाध्यक्षमा नियुक्ति भएलगत्तै नेपाल सरकारको […]