स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

Machchapuchchre

Artharajniti  ~  उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। नयाँ राजनीतिक परिस्थितिका कारण आफूले सरकारबाट बाहिरिने निर्णय गरेको यादवले बताएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भएपछि यादव प्रधानमन्त्री पुष्पकमल दाहालसँग असन्तुष्ट थिए। प्रचण्डसँगको आइतबारको भेटवार्तापछि नै यादवले सरकारबाट बाहिरिने बताएका थिए। यस्तै, जसपाका तर्फबाट वन तथा वातावरणमन्त्री रहेका दीपक कार्कीले पनि राजीनामा दिएका छन्। पार्टी विभाजनका बेलामा देश बाहिर रहेका यादवले स्वदेश फर्केलगत्तै सरकारमै रहने बताएका थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले जसपा नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै यादवलाई सरकारबाट बाहिरिनुपर्ने दबाब परेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्